काठमाडौं - नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । मंगलबार साँझ भैँसेपाटीस्थित गौतमको निवासमै पुगेर ओलीले भेटघाट गरेका हुन् । पार्टी महासचिव विष्णु पौडेल पनि अाेलीसँगै छन् ।
नेकपा भित्रको विवाद मिलाउने प्रयासस्वरुप गौतमले आजै ६ बुँदे प्रस्ताव अघि सारेका छन् भने सो प्रस्तावसँगै गौतम प्रधानमन्त्री ओलीको क्याम्पमा पुगेको विश्लेषण हुन थालेको छ । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।