सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काेराेना संकट बढ्दै, धमाधम भेटिन थाले लक्षणबीनाका संक्रमित

काेराेना संकट बढ्दै, धमाधम भेटिन थाले लक्षणबीनाका संक्रमित

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 4.4K
    SHARES

  • काेराेना संकट बढ्दै, धमाधम भेटिन थाले लक्षणबीनाका संक्रमित

    सप्तरी- सप्तरीमा कोभिड(१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन्। यसअघि लक्षण नभएका सङ्क्रमित हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको चिकित्सकले बताएका छन्।

    पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले जानकारी दिए। कतिपय सङ्क्रमितमा रुघाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए।

    कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाबारे जानकारी दिँदै डा झाले भने, ‘सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ।’

    पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकामा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए।

    गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाले जानकारी दिए।

    प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पीसीआर परीक्षण भइरहेको उनले जानकारी दिए।

    सप्तरीमा देखिएका कूल ४४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेसनमा ४२१ जनाले सेवा लिएका छन्।

    उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी दिए।रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १२ २०७७०९:४८:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend