सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सँगै क्वारेन्टिन बसेका दम्पतीमा पत्नीलाई मात्र कोरोना सङ्क्रमण

सँगै क्वारेन्टिन बसेका दम्पतीमा पत्नीलाई मात्र कोरोना सङ्क्रमण

  • मिडिया डबली
  • शनिवार, श्रावण १० २०७७

  • 5.4K
    SHARES

  • सँगै क्वारेन्टिन बसेका दम्पतीमा पत्नीलाई मात्र कोरोना सङ्क्रमण

    झापा - मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

    एक साताभन्दा अघिदेखि धुलाबारीको रोयल निर्वाण होटलको एउटा कोठामा बसेका दम्पतीको स्वाब परीक्षण गर्दा पत्नीमा कोभिड–१९ पुष्टि भएको र पतिमा सङ्क्रमण नदेखिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए ।

    उनीहरुको स्वाब परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रबार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो ।

    सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि कोभिड हस्पिटल लगिएको र उनका पतिलाई पुनः क्वारेन्टिनमै राखिएको संयोजक बरालले जानकारी दिए । सङ्क्रमित बसेको कोठालाई निसङ्क्रमित गरिएको र सङ्क्रमित पत्नीसँगै कोठामा बसेका पुरुषको दोस्रोपटक स्वाब परीक्षण गरिने भएको छ ।

    मेचीनगरमा होटल क्वारेन्टिनमा बसेकाहरुमा कोभिड–१९ को सङ्क्रमण भेटिएको यो दोस्रो घटना हो । यसअघि मेचीनगर–६ काँकडभिट्टामा रहेको अर्को होटलमा बसेका एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०८:०४:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend