काठमाडौं– पर्सामा कोरोना भाइरस समुदायस्तरमा फैलिएको छ। साउन यता भेटिएका सबै संक्रमित ट्राभल हिस्ट्री विनाका छन्। यस्तै उनीहरुमा लक्षण समेत देखिएको छ। विरगञ्जका विभिन्न वडामा संक्रमित भेटिएपछि चिकित्सकहरुले कोरोना समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेका छन्।
चिकित्सकहरुले समुदायस्तरमा कोरोना भाइरस देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेका छन्।
नेपाल चिकित्सक संघ नारायणी शाखा विरगञ्जले विहिबार विज्ञप्ती जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु हुनेगरी आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह गरेको हो।
‘कोरोना महामारी समुदाय स्तरमा नै फैलिएको यसा जोखिमपूर्ण अवस्थामा साउन ९ गते देखि अर्को सूचना नभएसम्मका लागि आकास्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न र कोरोना रोग नियन्त्रणका लागि डब्लूएचओले निर्धारण गरेको गाइडलाइनलाई पूर्णरुपमा पालना गरी मात्र आकास्मिक सेवाहरु प्रवाह गर्न नेपाल चिकित्सक संघ सम्पूर्ण अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनक लगायत सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संस्थाहरु तथा स्वास्थ्यकमर्ही ज्यूहरुलार्य हार्दिक आग्रह गर्दछ,’
संघका सचिव डा। उदय नारायण सिहंले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि परिक्षणको दायरा बढाउँदै अविलम्ब मास टेस्टिङ, अन्य आवश्यक कदम चाल्नुका साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई अविलम्ब पर्याप्त मात्रमा सुरक्षा सामाग्रीहरु उपलब्ध गराउन सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुसँग माग गर्दछौं।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।