सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सरकारले हटायो गृहप्रवक्ता, २६ सहसचिवको अन्तै सरुवा 

सरकारले हटायो गृहप्रवक्ता, २६ सहसचिवको अन्तै सरुवा 

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 4.6K
    SHARES

  • सरकारले हटायो गृहप्रवक्ता, २६ सहसचिवको अन्तै सरुवा 

    काठमाडौं– सरकारले विभिन्न मन्त्रालयका सहसचिवको व्यापक हेरफेर गरेको छ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो। हालै बढुवा भएका नयाँ १० जनाको पदस्थापन र अन्य १६ जनाको सरुवा भएको हो ।

    सरुवामा गृह मन्त्रालयका प्रवक्ता रहेका केदार नाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकीमा सचिवका रुपमा पठाइएको छ । किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौैंडाका सहसचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडाका सहसचिव मुकुन्द प्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डु राज घिमिरे आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश, हेटौँडामा सरुवा गरिएको छ ।

    गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय ,बाग्मती प्रदेश हेटौँडा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्याल सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, राष्ट्रिय सूचना आयोग, काठमाडौँका सहसचिव बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेत गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

    हालै बढुवा भएका सहसचिवहरु रामबन्धु सुवेदी भरतपुर महानगरपालिका, चितवन, नवराज घिमिरे हेटौँडा उपमहानगरपालिका, मकवानपुर, रमेश ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्लेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

    विपिन आर्चाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इन्द्रदेव यादव गृह मन्त्रालय, हेमराज तामाङ गृह मन्त्रालय, अनिता निरौला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्किम श्रेष्ठ सत्य निरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतो गृह मन्त्रालयमा सरुवा गरिएको दृष्टी साप्ताहिकले लेखेको छ।

    त्यस्तै भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ध्रुव कुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०९:२८:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend