सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नक्कली मेजर देखाए यस्तो चर्तिकला, मच्चियो ठूलो हल्लीखल्ली 

नक्कली मेजर देखाए यस्तो चर्तिकला, मच्चियो ठूलो हल्लीखल्ली 

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 5.1K
    SHARES

  • नक्कली मेजर देखाए यस्तो चर्तिकला, मच्चियो ठूलो हल्लीखल्ली 

    ललितपुर– चापागाउँ प्रहरी वृत्तमा शुक्रबार साँझ ७ बजेतिर निकै ठूलो हल्लीखल्ली मच्चियो । वृत्तका प्रमुख तथा डिएसपी कृष्णराज ओझाले दुई गाँस खाना टिप्न मात्र भ्याएका थिए ।

    उनको अगाडि एक जना इन्स्पेक्टरले स्यालुट ठोक्दै भने, ‘मेजर साबले पिएर गेटबाहिर होहल्ला गर्दै छ ।’ खानाको थाल छाडेर जुरुक्क उठेर घटनास्थलतिर दौडिए डिएसपी ओझा । बाहिर सुरक्षा चेकजाँचमा सेनाले बोल्ने कोड भाषामै ‘मेजर’ भनिएका गोदावरीका सुरज विष्ट कड्किँदै थिए, ‘मलाई चिनिनस् ? एक–एकलाई छोड्दिनँ । यहाँको इञ्चार्जसँग मेरो दोस्ती छ, उसलाई यता बोलाएर ल्या ।’

    यति कुरा सुनेपछि डिएसपी ओझाले ती ‘मेजर’लाई दुई तीन जना प्रहरीलाई खटाएर पक्रिन लगाए । कार्यकक्षभित्र लगेर सोधपुछ गरे । अन्ततः उनी नक्कली मेजर भएको खुल्यो । यति कुरा खुलेपछि गोदावरीभरि यो घटना थप चर्चाको विषय बन्यो ।

    नक्कली मेजरलाई समातिएपछि सेनाको एउटा टोली १० बजेतिर चापागाउँ वृत्त पुगेको थियो । ती विष्टलाई सोधपुछ गरेपछि हालको सेवामा उनी नरहेको खुल्यो । तर, उनी सेनामा एक वर्ष कार्यरत रहेको खुल्यो । त्यसपछि सेनाको टोलीले विष्टलाई आफ्नो मान्छे होइन भनेपछि चापागाउँ प्रहरी वृत्तमै हिरासतमा छाडेर हिँडे । 

    सेना स्रोतले भन्यो, ‘यी विष्ट २०६२ सालतिर एक वर्ष सेनामा थिए । पछि भगौडामा गनिएपछि बर्खास्त गरिएको हो ।’ बर्खास्तपछि विष्टले सेनाको पोशाक दुरुपयोग गर्दै आएको खुलेको छ । विष्टको अनुसन्धानमा जुटेको प्रहरीले उनी जग्गा कारोबारमा लागेको र कसैको पैसा फसेको भए उठाइदिने काममा सक्रिय भएको पाइएको छ । पैसा उठाउन जाँदा मेजरको बर्दीमै जाने गरेको अनुसन्धानमा खुलेको छ ।

    ‘केही समय अघिसम्म उनै नक्कली मेजरको चापागाउँ वृत्तमा आउजाउको थलो बनेको थियो ।’ वृत्तका प्रहरी स्रोतले जनआस्थालाई भन्यो, ‘तत्कालीन केही डिएसपी साबहरूसँग भेट्ने र चिया पिउने गरेका उनी पटक–पटक आइरहन्थ्यो ।’ एकपटक तत्कालीन डिएसपीसँग कुरा गरिरहँदा गोदावरीका मेयर गजेन्द्र महर्जन पनि आइपुगे । ती मेजर विष्टले मेयर महर्जनकै अगाडि भने, ‘आज मेयरसाब यहीँ हुनुहुन्छ । मैले भन्नै पर्छ, चापागाउँ अलिकति संवेदनशील क्षेत्र हो । सुरक्षामा विशेष ध्यान दिनुहोला । केही सहयोग चाहिए म माथि कुरा गरौंला ।’

    यता, विष्टले पारिवारिक सम्बन्धभित्र पनि ‘मेजर नै हुँ’ भन्दै दुई श्रीमतीलाई झुक्याएर राखेको पाइएको छ । ‘नक्कली मेजरले पोष्टिङ र सरुवा भयो भन्दै दुई श्रीमतीको घरमा आतेजाते गरेको पाइयो ।’ प्रहरी स्रोतले भने, ‘उनको बसाइ ६ महिना चापागाउँ र ६ महिना विशंखु नारायणमा हुने गरेको छ ।’

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले नक्कली मेजरका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै भने, ‘नक्कली मेजर बनेर दश वर्ष युनिफर्मको दुरुपयोग गरेको देखिन्छ । सैन्य तालिम लिएको हुनाले केही प्रहरी झुक्किनु स्वाभाविक पनि हो ।’ जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ८ २०७७०८:२८:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend