सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्ड गम्भिर संकटमा, पूर्वमाओवादी छिन्नभिन्न हुँदा खुमलटारमा खैलाबैला

प्रचण्ड गम्भिर संकटमा, पूर्वमाओवादी छिन्नभिन्न हुँदा खुमलटारमा खैलाबैला

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 15.3K
    SHARES

  • प्रचण्ड गम्भिर संकटमा, पूर्वमाओवादी छिन्नभिन्न हुँदा खुमलटारमा खैलाबैला

    काठमाडौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले निकास नपाइरहेका बेला स्थायी समितिमा दुई धार देखिएको छ । एउटा धार प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा छ भने अर्को माधव नेपालसँग । 

     केपी ओलीसँग २०७७  मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्तावमा सहमति गरेका प्रचण्डले आफू यूटर्न भएलगत्तै २०७७ साउन  ५  गते  सोमबार पूर्वमाओवादी खेमाका नेता बोलाएर छलफल गरे ।

    छलफलमा सहभागी एक नेताका अनुसार, केपी ओली पक्ष र माधव नेपाल पक्ष एक ढिक्का,  एकजुट रहेको  हुँदा आफ्नो नेतृत्वको माओवादी खेमा पार्टी एकीकरण पछि आफूलाई छाडेर  छिन्नभ न्न बनेको भन्दै प्रचण्डले दुःख व्यक्त गरेका थिए ।

    आफ्नो नेतृत्वमा एमालेसंग एकीकृत भएको  माओवादी पार्टीका नेताहरू आज कोही केपी ओलीसंग कोही माधव नेपालसंग गएर उनीहरूको गुटलाई बलियो बनाउने र  मलाई कमजोर बनाउने  काम भएको भन्दै गुनासो राखेको स्रोत बताउछ ।  ‘माधव र ओली हाम्रा साथीलाई समेटेर एक ढिक्का छन्, तर हामी छिन्न भिन्न भयौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, मलाई साथ दिने कोही भएन ।’   

    स्रोतका अनुसार, प्रचण्डको यस्तो गुनासोपछि नेताहरूले  आआफ्नो धारणा राखेका थिए । सो क्रममा केहीले ओली र केहीले माधवसँग मिलेर अघि बढ्न सुझाएका छन् ।  केपीसँग नभई माधवसँग मिल्न सुझाव दिनेमा मात्रिका यादव, चक्रपाणि खनाल र देव गुरुङलगायत थिए । नारायणकाजी श्रेष्ठ पनि केपीसँग मिल्न नहुने पक्षमा छन् ।  वर्षमान पुन भने  कूटील रूपमा जता पुग्यो उतैको गुटको जस्तो भूमिका रहेको  ठहर नेताहरूको रहेको छ ।

    उनी दुवै समूह मिलेर अगाडि बढ्नुपर्ने नत्र सबैको भविष्य अन्धकार हुने  मत राख्ने गरेको स्रोत बताउछ।  टोपबहादुर रायमाझी, मणि थापा, हरिवोल गजुरेलले ओलीसँग मिल्नुपर्ने आवाज चर्को बनाउँदै लगेको प्रचण्ड निकट स्रोत बताउछ ।

    २०७७ साउन ५ गते  सोमबारको खुमलटारको भेलामा पनि उनीहरूले प्रष्टै रुपमा ओलीको पक्ष लिएको बताइएको छ ।  लेखराज भट्ट र रामबहादुर थापा बादल पनि प्रचण्डसँग चिढिएका छन् । स्रोतका अनुसार, ढलपलजस्ता देखिएका  गृह मन्त्री थापाले पनि केपीलाई साथ दिने भन्दै लाइन प्रष्ट पारेको नेकपाका एक नेताले बताए । साँघु साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ७ २०७७०९:४८:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend