सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डलाई लोप्पा खुवाउने पूर्व एमालेको तयारी, यस्ता छन सम्भावनाका खेल

प्रचण्डलाई लोप्पा खुवाउने पूर्व एमालेको तयारी, यस्ता छन सम्भावनाका खेल

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 29.8K
    SHARES

  • प्रचण्डलाई लोप्पा खुवाउने पूर्व एमालेको तयारी, यस्ता छन सम्भावनाका खेल

    काठमाडौं–एमाले र माओवादी पार्टी एकीकरण भएको अढाई वर्षसम्म पनि एकता प्रक्रिया पूरा भएको छैन । पार्टी नेता,मन्त्रीदेखि कार्यकर्ताहरूको सदस्यता कहाँ हो,केही टुङ्गो छैन । अहिले बालुवाटारले खुमलटारलाई साउनमा देखाएको हरियो घाँस मंसीर,पुसको जाडोमा पुग्दा सुकिसक्छ भनेझैं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि पनि विभिन्न लोभ र प्रलोभनमा पत्रु बनाउने र एमाले एमाले एक ठाउँमा उभिने सम्भावना पनि बढ्दै गएको छ ।

    त्यसपछि आगामी महाधिवेशनसम्म पुग्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म आफैँ अध्यक्ष हुने नभए विधान संशोधन गरेर भएपनि अवशिष्ट अधिकारसहितको सर्वोच्च नेता बन्न खोज्नेछन्।  त्यस्तो अवस्थामा दिनैपर्यो भने अधिकांश पदाधिकारीमा आफ्ना मान्छेलाई छानेर प्रचण्डलाई नाम मात्रको अध्यक्षमा थुपुक्क राखिने सम्भावना पनि जीवितै छ ।

    अर्कोतर्फ प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूलाई निरन्तरता दिइरहने,अनेकौं विषयमा बोलेर तहल्का मच्चाइरहने,अरुको पावर र अधिकारलाई समेत अंकुश लगाउने,यसबीच अख्तियारलगायतका निकायमा प्रेम राईहरूलाई राखिसक्ने,एमसीसीको प्रक्रिया पूरा गरेपछि मंसिरमा पार्टीको महाधिवेशन गर्ने भनेर बनाइएको उधारो सम्झौतालाई धकेल्ने योजना अर्का अध्यक्षले भेउ नपाएको भन्न सकिने अवस्था छैन । त्यस्तो अवस्थामा माधव नेपाल,झलनाथ खनाल र वामदेव गौतमले के भनेर दाहाललाई साथ दिन्छन्?  अनि दाहालले पनि कुन मुखले सहयोगको याचना गर्छन्? 

    गत शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा पार्टी अधिवेशन गर्न राखेको प्रस्तावमा सबैलाई आश्चर्यमा पार्दै अर्का अध्यक्षले समर्थन गरेपछि वास्तविकता बाहिरिएको हो । प्रधानमन्त्रीले प्रस्तुत गरेको अर्ली महाधिवेशनको प्रस्तावमा एकल अध्यक्षको व्यवस्था हुनेगरी विधान संशोधन गर्ने र आगामी चुनावी सरकारको नेतृत्व अर्का अध्यक्षले गर्ने प्रस्ताव सुन्नेबित्तिकै दाहाल मसक्क भएका थिए। 

    केही दिनअघि पोखरेलले पार्टीका अन्य नेताहरूसङ्ग अर्ली महाधिवेशन वा राष्ट्रिय सम्मेलनबारे मनको कुरो बुझ्ने कोशिस गरेका थिए । स्रोतका अनुसार राष्ट्रिय सम्मेलन गर्ने विषयलाई कसै कसैले सम्भव हुनसक्ने बताएपनि अर्ली महाधिवेशनको प्रस्तावलाई बालुवाटारले ‘नयाँ पासा’ फालेको रूपमा बुझेका थिए ।

    उनीहरूले जाबो यौटा ‘हलेसी (खोटाङ) विकास समितिको अध्यक्षसमेत अरुलाई दिन नखोज्ने”ले अर्ली महाधिवेशनबाट कसैलाई अध्यक्ष नै सुम्पने प्रस्तावदिनुमा आफूहरूलाई विश्वास नलागेको बताएका छन् ।

    तर,बालुवाटार निकटस्थहरूको तर्क बेग्लै छ ‘एमालेको नवौं महाधिवेशन डेढ महिनाअगाडि घोषणा गरेर सम्पन्न गरिएको थियो’ त्यसैले यसपटक पनि सम्भव छ । उनीहरूका अनुसार ‘नवौं महाधिवेशनले पाँच वर्षको लागि म्याण्डेट दिएका कुनैपनि पदाधिकारीलाई वीचमै हटाउने कुरो किमार्थ स्वीकार्य छैन’ ।

    माधव नेपाल नजिकका नेताहरूले भने अध्यक्ष प्रचण्डले बालुवाटारमा एउटा कुरो अनि खुमलटारमा अर्कै कुरो गर्न थाल्नुभएको आशंका गरेका छन् । प्रधानमन्त्रीले ‘वान टु वान मिटिङ्ग’ मा दाहाललाई कि अर्ली महाधिवेशन गर्नुपर्यो कि चुनावअघिको सरकारको नेतृत्व गर्नुहोस् भनेका थिए। प्रधानमन्त्रीले आगामी वर्षको बजेट आफ्नो सरकारले ल्याउने र त्यसपछि अन्तिम वर्षको बजेटसहित तपाईंले चुनाव गराउनुस् भनेपछि प्रचण्डले प्रधानमन्त्रीको सपना देख्न थालेको बताइन्छ ।

    शीतल निवासमा अर्ली महाधिवेशन र एकल अध्यक्षको आश्वासन मात्र दिइएको तर बालुवाटारमा भएको सहमतिबमोजिम चुनावी सरकारको नेतृत्वसम्वन्धी कुरै नकोट्याइएको कारणले मन भरङ्ग भएको कतिपयको आशँका छ ।

    पार्टीमा ‘एक व्यक्ति,एक पद’ को ब्याख्या गरेर प्रधानमन्त्रीलाई हट्न बाध्य पार्ने रणनीतिमा हिँड्नुभएका प्रचण्ड आफूले प्रधानमन्त्री पद पाउँदा हिजोको आरोप आफूतर्फ तेर्सिनेमा सचेत देखिदैनन्। त्यस्तो अवस्थामा हुने महाधिवेशनमा उनलाई आमकार्यकर्ता र पार्टीले कुन मोडालिटीमा अध्यक्ष चुन्लान् ? वरिष्ठ नेताद्वय र उपाध्यक्षलाई सिखण्डी बनाउँदै बालुवाटारको आशिर्वादमा मात्र पार्टीको अध्यक्ष बन्न पनि दाहाललाई त्यत्ति सजिलो छैन । यसबीच दाहाल निकटको रूपमा परिचितहरूमध्ये टोपबहादुर रायमाझी,मणि 

    थापा,शीतलकुमारहरूले खुमलटारको कित्ता छाडिसकेका छन् । सबैले छाड्दै जाँदा पनि पूर्व एमालेका वरिष्ठ नेताहरूले उहाँलाई आफ्नो नेता मानेकै हुन् । जनयुद्धताका बरु फौजी अनुशासन थियो र उनले जे भने अनि अरुले आँखा चिम्लेर साथ दिन्थे,अहिले अनुशासन हराएको छ,बरु माधव खेमा अडानमा दृढ देखिन्छ तर पहिरो प्रचण्डतिर बढी जानाले उनी द्विविधामा देखिँदैछन्, अर्को खेमाले प्रधानमन्त्री वा एकल अध्यक्षको खाली चेक दिदा पनि भजाउन सकेका छैनन्। जनआस्था साप्ताहिक 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ७ २०७७०९:१६:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend