सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डले लगाए ओली माथि गम्भिर आरोप, स्वचालिन होइन सञ्चालित भनेपछि बालुवटारमा उथलपुथल

प्रचण्डले लगाए ओली माथि गम्भिर आरोप, स्वचालिन होइन सञ्चालित भनेपछि बालुवटारमा उथलपुथल

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 8.0K
    SHARES

  • प्रचण्डले लगाए ओली माथि गम्भिर आरोप, स्वचालिन होइन सञ्चालित भनेपछि बालुवटारमा उथलपुथल

    काठमाडौं–पछिल्लो घटनाक्रमले अब नेकपाभित्र फेरि एकपटक तानातान हुने लक्षण देखिएको छ । नेकपाभित्रको चर्को राजनीतिक अन्तरबिरोध प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एउटा पद नछोडेसम्म निकास ननिस्कनेतर्फ सोझिएको छ । तर,प्रधानमन्त्री त्यत्तिकै छोड्ने अवस्थामा देखिदैनन्। 

    उता,खुमलटार समूहले पनि आफ्नो अडान छाड्ने कुनै लक्षण देखाएको छैन । हिजो खुमलटारमा भएको पूर्व माओवादीनिकट स्थायी समितिका सदस्यहरूको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रोधित हुँदै प्रधानमन्त्री तथा अध्यक्षले सँधै दम्भ,अहंकार,घमण्ड र मैमत्ता देखाउँदै आएको बताएका छन्। ‘मैले सबैथोक त्यागेँ,अब के त्याग्न बाँकी छ र वहाँले के त्याग्नुभएको छ ?’ भन्दै दाहालले स्थायी समिति सदस्यलाई आश्वस्त पारेका थिए। 

    पछिल्लो निर्वाचन र पार्टी एकीकरणदेखिको सन्दर्भ उप्काउँदै दाहालले भने, ‘काँग्रेसले मलाई पाँच वर्षे प्रधानमन्त्रीको प्रस्ताव गरेकै हो । तर,मैले जनमतको सम्मान गर्दै हुन्न भनेँ,यो कुरो तपाईंहरू सबैलाई जगजाहेर छ ।’

    ‘पार्टी एकीकरणसँगै वहाँले र मैले एउटाले पार्टी चलाउने,अर्कोले सरकार चलाउने सहमति भएको हो । त्यो कुरामा पनि मैले सहजै समर्थन गरेकै हो । वहाँले हाललाई सरकारको नेतृत्व गर्नुहुन्छ,मैले पार्टी हेर्छु भनेँ । तर, केही समयपछि वहाँले यो पनि मान्नुभएन, पहिलेको वचन तोड्नुभयो’ भन्दै दाहालले भने,  ‘त्यसपछि वहाँ सरकार र पार्टी दुबै नेतृत्व गर्ने अभियानमा लाग्नुभयो । त्यसपछिको सहमति प्रधानमन्त्रीको कार्यकाल आधा आधा चलाउने भन्ने थियो । तरपनि मैले वहाँले पाँच वर्ष सरकार चलाउनुहुन्छ, मैले पार्टी चलाउँछु भनेँ, त्यो पनि मान्नु भएन । त्यसपछि मंसिर ४ मा मैले पार्टी चलाउने र वहाँले सरकार चलाउने पछिल्लो सहमति भएको हो।’

    प्रचण्डका अनुसार प्रधानमन्त्रीमा सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखियो । आजको भेलामा प्रचण्डले घटनाक्रमको निश्कर्ष सुनाउँदै भने,  ‘वहाँ आफ्ना वरिपरिका दुई, चार जना खराब मानिसको सल्लाहमा चल्नु हुँदोरहेछ । वहाँ स्वचालित होइन, सञ्चालित पो हुनु हुँदोरहेछ’ । प्रचण्डको आक्रोशपूर्ण धारणा सुनेपछि आज खुमलटारमा चर्कोसँग आफ्ना भनाई राख्नेहरूमा पम्फा भुसाल, लीलामणि पोखरेल देखिए ।

    केही दिन पहिले अध्यक्षद्वयबीच भएको ‘अर्लि महाधिवेशन’ को सहमति धुजाधुजा भएको पूर्व माओवादी नेताहरूले नै बताएका छन् । उनीहरूका अनुसार ‘त्यो दिन प्रचण्डलाई शीतल निवास नबोलाएको भए र जबजको शपथ खुवाउने प्रयास नगरेको भए घटनाक्रम सम्भवतः सम्झौता हुनसक्ने अवस्थामा पुगेको थियो । तर, प्रचण्डलाई जबजको ‘बुटी’ बाँधेमा एकल अध्यक्षको ग्यारेण्टी दिएपछि कुरो बिग्रिएको हो ।’

    स्थायी समितिमा पूर्व माओवादीको तर्फबाट १९ जना रहेकामा सभामुख अग्नि सापकोटालाई कटाउदा आजको भेलामा १५ जनाको उपस्थिति थियो । बाँकीमध्ये माधव नेपाल पक्षका १४ जना देखिन्छन् भने प्रधानमन्त्री निकट १२ जना छन् । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:१६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend