काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी शैक्षिक संस्थालाई अनलाइन कक्षा नरोक्न आग्रह गरेको छ । मन्त्रालयले मौद्रिक नीतिले निजी शिक्षण संस्थालगायत व्यवसायीको माग सम्बोधन गरेको भन्दै अनलाईन कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
मौद्रिक नीतिले निजी शिक्षण संस्थालगायत व्यवसायीको माग सम्बोधन गरेको भन्दै मन्त्रालयले जनाएको छ । साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको वैकल्पिक शिक्षण प्रणालीबारे केही समस्या भए स्थानीय तहसँग समन्वय गर्न पनि भनेको छ।
देशभरका शैक्षिक संस्थाहरुले दूरशिक्षा अन्तर्गत टेलिभिजन, रेडियो वा अनलाइनबाट विद्यार्थीहरुलाई पठन पाठन गराइरहेका छन् तर निजी शैक्षिक संस्थाहरुले सञ्चालन गरिहेको अनलाइन कक्षा अहिले बन्द गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।