सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

९ लाख घुससहित सरकारका हाकिम पक्राउ

९ लाख घुससहित सरकारका हाकिम पक्राउ

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 3.6K
    SHARES

  • ९ लाख घुससहित सरकारका हाकिम पक्राउ

    काठमाडौं- खोटाङमा सरकारी कार्यालयका एकजना हाकिम घुससहित पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख ३४ हजार घुससहित पक्राउ गरेको हो ।

    श्रेष्ठलाई कार्यालयसँगै रहेको निवासबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

    जिल्लाकै निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय टंगाल काठमाडौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार नौ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको थियो । श्रेष्ठलाई काठमाडौं ल्याइएको छ ।

    श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी पुगेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०७:२३:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend