सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्युठानमा ट्याक्टर दुर्घटना, सात जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटना, सात जनाको मृत्यु

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 5.2K
    SHARES

  • प्युठानमा ट्याक्टर दुर्घटना, सात जनाको मृत्यु

    काठमाडौं– प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका–३, रुमालेमा शनिबार राति लु२च ४२३४ नंको ट्र्याक्टर सडकबाट खसेको हो।

    स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने सात कामदारको मुत्यु भएको प्रहरीले जनाएको छ। मृतक सातै जना रोल्पाका हुन्। त्यसमा पनि ६ जना एकै गाउँका हुन्।

    दुर्घटनामा परी रोल्पाको रुन्टिघढी गाउँपालिका वडा नम्बर ५, बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, उमेर नखुलेका गोवद्र्धन बुढा मगर र २५ वर्षका कविराम बस्नेतको मृत्यु भएको उनले जानकारी दिए।

    अर्का एक मृतकमा ट्याक्टरका चालक पनि रोल्पाकै २५ वर्षीय कमल कुँवर हुन्।

    उनीहरू स्वर्गद्वारी नगरपालिका २ धरमपानीमा निर्माण भइरहेको सडकमा काम गर्ने कामदार हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०९:०३:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend