काठमाडौं- दुई दिनअघि भएको ट्विटर ह्याकमा ह्याकरहरुले व्याक्तिगत जानकारी समेत चोरेको ट्विटरले खुलासा गरेको छ ।
अमेरिकी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्या पर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएका थिए ।
उनीहरुको अकाउन्टसँगै ह्याक गरेर १ हजार डलर हाल्न्ुस म २ हजार फिर्ता गर्छु भन्दै पोष्ट गरिएको थियो । त्यसक्रममा झण्डै १ लाख डलर पैंस ह्याकहरुले कमाएको बताइएको छ ।
अनुसन्धानका क्रममा ट्विटरले ह्याकरहरुले ट्विटरका स्टाफले मात्रै पहुँच पाउने उपकरणको नक्कल बनाएर ती अकाउन्टमा पहुँच बनाएको निश्कर्ष निकालेको छ ।
ह्याकरहरुले १ सय ३० जनाको अकाउन्ट लक्षित गरेको र तीमध्ये ४५ जनाको मात्रै ह्याक भएको जनाएको छ ।
अनुसन्धानका क्रममा ह्याक भएका प्रयोगकर्तामध्ये ८ जनाको सबै व्याक्तिगत जानकारी समते चोरी गरेको ट्विटरले जनाएको छ ।
ट्विटरको अर्काइभ डाटा डाउनलोड गर्दा पूराना एवं डिलीट गरिएका सबै व्याक्तिगत म्यासेज, फोटोहरु, फोन नम्बर, ठेथाना, इमेललगायतका कुराहरु चोरी गरेको ट्विटरले बताएको छ ।

तर, खुसीको कुरा के भने चोरी गरिएको डाटाहरु कुनै पनि भेरीफाइड प्रयोगकर्ताको नरहेको खुलेको छ । अमेरिकी राष्ट्रपटिया चुनावमा उठ्ने उम्मेदवार जो बाइडेनका म्यासेजहरु करोडौ मूल्यका हुनसक्थे । किम कारर्दशियन वेष्ट, काने वेष्ट, एलन मस्क, जेफ बेजोस एवं विलगेट्सका व्याक्तिगत म्यासेजहरु निकै महत्वपूर्ण हुन सक्थे ।
तर, ह्याकरहरुले उनीहरुको कुनै पनि विवरण चोरेका छैनन् । अहिले समेत ८ ओटा अकाउन्ट ह्याकहरुको पहुँच रहेको ट्विटरले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेका छ । ह्याक कस्ले गर्याे भन्ने कुरा खुल्न सकेको छैन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।