सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको तयारी, बालुवाटारमा खैलाबैला

ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको तयारी, बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 8.5K
    SHARES

  • ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको तयारी, बालुवाटारमा खैलाबैला

    काठमाडौं– सत्तारुढ नेकपा विभाजनतर्फ पुनः उन्मुख भएको छ । प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरेपछि पार्टी विभाजन तर्फ अघि बढेको हो । प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले माग गर्दै आएका छन् ।

    तर, ओली राजीनामा दिन तयार छैनन्। प्रधानमन्त्री ओलीले संघीय संसदको चालु अधिवेशन नै अन्त्य गराएर राजनीतिक छलफल गरिरहेका थिए । बिहीबार आफूले राजीनामा नदिने सकेको कमद चाल्नू भन्ने प्रचण्डलाई जवाफ दिएका थिए ।

    यही बेला प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको नेकपाभित्र चर्चा चल्न थालेको छ । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्डले आफू निकट सांसदलाई तीन वटा फरक–फरक खाली पानामा हस्ताक्षर गराएका छन्। गत साता नै प्रचण्डले सांसदलाई बोलाएर तीन वटा खाली पानामा हस्ताक्षर गराएको चर्चा नेकपाभित्र चलेको छ ।

    खाली पानामा हस्ताक्षर गराउने प्रचण्डको प्रस्तावपछि सांसदले राखेको जिज्ञासामा प्रचण्डले संसदको अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भन्ने बताएका थिए । प्रचण्डले केही मन्त्रीहरुलाई पनि खाली पानामा हस्ताक्षर गर्न भनेका नेकपाका नेताहरुले बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७१०:०६:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend