म्याग्दी - म्याग्दी जिल्लाका बाढीपहिरोबाट समस्यामा परेका पीडितहरूलाई ठूलो राहत वितरण गरिएको छ । माउ पार्टी नेपाली कांग्रेसको निर्देशन र पहलमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पीडितहरूलाई खाद्यान्नसहितका राहत सामग्रीहरू वितरण गरेको हो ।
कांग्रेसले करीव दुई लाख दश हजार बराबरको खाद्यसहितका सामग्री वितरण गरेको छ । म्याग्दी कांग्रेसले निर्देशन दिएपछि नेविसंघले राहत सामग्री तोकिएको स्थानमा पुर्याएर पीडितलाई वितरण गरेको हो ।
म्याग्दी कांग्रेसले राहत ढुवानीका लागि नेविसंघलाई जिम्मेवारी दिएको थियो । बाढीपहिरोका कारण प्रभावित स्थानसम्म पुग्न समस्या भएका बेला नेविसंघले आधा बाटो ट्याक्टर र आधा बाटो ५० वटा खच्चडबाट खाद्यसहितका सामग्री लगेर पीडितलाई वितरण गरेको अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।
राहत वितरणका लागि जापानबाट ज्वाला संग्रौला एक लाख वीस हजार र बेलायत ईशा गुरुङले २९ हजार बराबरको खाद्यसहितका सामग्री उलब्ध गराएको नेविसंघका अध्यक्ष खत्रीले बताए ।
म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङमा असार २५ गते राति आएको बाढीपहिरोमा परि विस्थापित भएका घरपरिवारलाई कांग्रेसले राहत वितरण गरेको हो ।
म्याग्दीका बाढीपहिरो पीडितलाई केन्द्र सरकार र प्रदेश सरकारले राहत पुर्याउन नसकिरहेका बेला कांग्रेसले नेविसंघ म्याग्दीलाई परिचालन गरेर राहत पुर्याएर वितरण गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।