एजेन्सी- गुगलले भारतमा १२ अर्ब लगानी गर्ने भएको छ । आउँदो ५ वर्षसम्मा गुगलले यति रकम बराबरको लगानी विभिन्न प्रविधिजन्य क्षेत्रमा गर्ने बताएको हो ।
गुगल तथा उसको अभिभावक कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाइले हालै गुगल फर इण्डिया २०२० कार्यक्रममा गुगलले आगामी ५ देखि ७ वर्षभित्र भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेका हुन् ।
उनले गुगलको उक्त लगानी इक्विटी, साझेदारी, भौतिक पूर्वाधार तथा पर्यावरण लगानीका रुपमा रहने बताए । उनका अनुसार गुगलले लगानी भारतको डिजिटलाइजेसनका चार महत्वपूर्ण क्षेत्रमा केन्द्रित हुनेछ ।
त्यसमा भारतमा प्रचलित भाषाहरुमा सुलभ डिजिटल पहुँच तथा जानकारी प्रदान गर्ने, भारतीय आवश्यकतामा आधारित वस्तु तथा सेवाको उत्पादन, डिजिटल रुपान्तरणका लागि व्यवसायहरुलाई सहयोग गर्ने तथा स्वास्थ्य, शिक्षा र कृषिजस्ता सामाजिक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिको प्रयोगलाई सहज बनाउने लगायतका हुने पिचाइले बताएका छन् ।
गत अप्रिलमा फेसबुक कम्पनीले भारतीय जियो कम्पनीमा ५ अर्ब ७० करोड अमेरिकी डलर लगानी गरेको थियो । फेसबुकले भारतमा लगानी घोषणा गरेको ३ महिना नबित्दै गुगलले १० अर्ब डलर लगानीको घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।