सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गम्भीर छलफलमा ओली, लिँदैछन् यस्ता निर्णय

गम्भीर छलफलमा ओली, लिँदैछन् यस्ता निर्णय

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 11.7K
    SHARES

  • गम्भीर छलफलमा ओली, लिँदैछन् यस्ता निर्णय

    काठमाडौं– भोली बस्ने भनिएको नेकपाको स्थायी समितिको बैठक फेरि पनि सर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसंगको भेटघाट पश्चात अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा केपी ओली गंभीर छलफल र भेटघाटमा व्यस्त रहेको स्रोत बताउछ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले स्थायी समितिका सदस्यहरूसंग समेत व्यक्तिगत रूपमा भेटघाट, सरसल्लाह र छलफल गरेको स्रोत बताउछ ।

    स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओलीलाई खुलेर साथ नदिने जता पनि ठिक्क हुने चरित्रका मन्त्रीहरूलाई विदावारी गरेर बलियो मन्त्रिपरिषद् बनाउनेतर्फ गृह कार्य सुरू गरिएको छ ।

    नेकपा स्थायी समितिका सदस्यहरूसंग छलफल गरेकै आधारमा मन्त्रिपरिषद् हेरफेर गरेर नयाँ अनुहार समावेश गर्नेतर्फ पनि प्रधानमन्त्री केपी ओलीले गंभीर छलफल गर्न थालेको स्रोत बताउछ ।

    नयाँ मन्त्री नियुक्ति, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको नियुक्ति सिफारिसका साथै राष्ट्रिय सभा सदस्यको सदस्यको मनोनयन सिफारिस, उपसभामुखको चयनका सम्बन्धमा समेत प्रधानमन्त्री केपी ओली गृह कार्यमा जुटेको स्रोत बताउछ ।

    प्रधानमन्त्री केपी ओली छलफलकै क्रममा प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवासंग समेत सरसल्लाह गरेको र छिट्टै संवैधानिक परिषद्को बैठक बसेर संवैधानिक अंगहरूको नियुक्तिका लागि समेत सिफारिस गर्नेगरी गृह कार्य भइरहेको स्रोत बताउछ। साँघु साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०९:२४:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend