मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रहरी पोशाकमा महिला र पुरुष प्रहरीले टिकटक बनाए‍‍पछि...

प्रहरी पोशाकमा महिला र पुरुष प्रहरीले टिकटक बनाए‍‍पछि...

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 6.3K
    SHARES

  • प्रहरी पोशाकमा महिला र पुरुष प्रहरीले टिकटक बनाए‍‍पछि...

    काठमाडाैं - सामाजिक सञ्जालमा टिकटक बनाउने लहर चलिरहेको बेला मोरङ प्रहरी भने यो विषयमा निकै कठोर बनेको छ।

    प्रहरीहरु आफैँ टिकटकमा रम्न थालेपछि कारबाही सुरु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।

    पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी कारबाहीमा तानिएका छन्।

    प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईले बनाएको टिकटक सार्वजनिक भएपछि उनीहरुमाथि छानविन सुरु भएको हो।

    प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। टिकटक बनाउने क्रममा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन्।

    यस घटनलाई लिएर प्राप्त भएको फोटोले पनि हवल्दार सोनाम र जवान राई दुई जना मिलेर टिकटक बनाएको पुष्टि गर्छ। डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए।

     ‘अनुसन्धानकै क्रममा भएकाले उनीहरुले कुन गीत वा डाइलगमा भिडियो बनाए भन्ने कुरा तत्कालका लागि गोप्य राखिएको छ,’ उनले भने, ‘विभागीय नीति र आचरण विपरित गतिविधि गरेको पाइएपछि कारबाही थालिएको हो।’ डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरुले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०७:५४:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend