इस्लामावाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकारसमेत रहेका स्वास्थ्यमन्त्री जाफर मिर्जालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनलाई सोमबार कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरिएको हो । मिर्जाले ट्विटरमार्फत आफू मेडिकल सुझाव अनुसार उनी सेल्फ-आइसोलेसनमा रहेको र पूर्वसावधानीहरु अपनाइएको जनाइएको छ ।
उनले लेखेका छन्, "मलाई कोरोना भाइरसको पोजेटिभ देखिएको छ । चिकित्सकहरुको सल्लाहअनुसार म आइसोलेसनमा छु र पूर्वसावधानीहरु अपनाइरहेको छु । मलाई सामान्य लक्षणहरु देखिएका छन् ।"
पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ३३ हजार ६४६ रहेका छन् भने ४ हजार ८१८ जनाको मृत्यु भएको छ ।
हालसम्म पाकिस्तानमा एक लाख ३१ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।