आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको बिशेष

झलनाथ खनालको खुलासाले नेकपामा उथलपुथल, के गर्लान ओली ?

झलनाथ खनालको खुलासाले नेकपामा उथलपुथल, के गर्लान ओली ?

  • sobiztrend
  • आइतवार, आषाढ २१ २०७७

  • 41.7K
    SHARES

  • झलनाथ खनालको खुलासाले नेकपामा उथलपुथल, के गर्लान ओली ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट तत्काल राजीनामा नदिए पार्टीले आफैं हटाउने चेतावनी दिएका छन्।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘कुनै व्यक्तिका कारण पार्टीलाई बन्धक बनाएर राख्न सकिँदैन। ओलीजीका विषयमा भोलिको बैठकले छिनोफानो गर्नेछ।'

    भोलि सोमबार नेकपा स्थायी कमिटीको बैठक बस्दै छ। स्थायी कमिटीमा नेताहरूले एकै स्वरमा प्रधानमन्त्रीको राजीनामा मागेपछि दुई अध्यक्षबीच सहमति जुटाउन शनिबार बैठक स्थगित गरिएको थियो।

    खनालले भने, ‘दुई अध्यक्षबीच छलफल गर्न पर्याप्त समय दिँदा पनि कुनै सहमति गर्न नसके पार्टीले निर्णय गर्नेछ।’ प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले दुई पदमध्ये एक पद छाड्न अस्वीकार गरेकै कारण पार्टीमा संकट चुलिएको उनको भनाइ छ।

    दाहाल खेमाका नेताहरू प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका छन्। खनालले भने, ‘प्रधानमन्त्रीजीले छिटो निर्णय लिनुहोला भनेर स्थायी कमिटी बैठक स्थगित गर्दै आएका छौं। तर उहाँ टसको मस नगरी आफ्नो अडानमा रहनुभएको छ। त्यसैले अब पार्टीले निर्णय गरेर अघि बढ्नुको विकल्प छैन।’

    नौ सदस्यीय नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा एक खेमामा छन् भने प्रधानमन्त्री ओलीसँग महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend