आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाका वरिष्ठ नेता नेपालका भतिजाले ‘ठूलो’ माछामार्ने, स्वास्थ्यको जस्तै काण्ड हुँदै

नेकपाका वरिष्ठ नेता नेपालका भतिजाले ‘ठूलो’ माछामार्ने, स्वास्थ्यको जस्तै काण्ड हुँदै

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 8.1K
    SHARES

  • नेकपाका वरिष्ठ नेता नेपालका भतिजाले ‘ठूलो’ माछामार्ने, स्वास्थ्यको जस्तै काण्ड हुँदै

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सामग्री खरिदमा ‘ओम्नी’ समूहलाई पोसाउन सेटिङको खेल समाप्त हुन नपाउँदै कृषि विकास बैंकमा पनि सुरक्षा गार्ड राख्ने विषयमा सेटिङमा गतिविधि हुन थालेको छ ।

    कृषि विकास बैंकका कार्यकारी निर्देशक अनिलकुमार उपाध्यायले सेटिङमा सेक्युरिटी कम्पनीहरूलाई सुरक्षा गार्ड राख्नका लागि टण्डर दिने गतिविधि गरेको उच्च स्रोतले जनाएको छ ।

    उपाध्यायले सुरक्षा गार्ड राख्नका लागि कम दर रेट भएका सेक्युरिटी कम्पनीलाई टेण्डर दिनेभन्दा पनि महँगो दर रेट भएका सेक्युरिटी कम्पनीलाई सेटिङमा ठेक्का दिन चलखेल भएको स्रोतले जनाएको छ ।

    बैंकका कार्यकारी निर्देशक उपाध्याय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भतिजा हुन् ।

    उपाध्यायले जी फोर्स सेक्युरिटी, कालिञ्चोक सेक्युरिटी, गुरुड सेक्यरिटीलाई सेटिङमा ९ सय ६८ जना सुरक्षा गार्ड राख्ने ठेक्का दिन लागेको स्रोतले दाबी गरेको छ ।

    अन्य कम्पनीहरूले भन्दा धेरै दर रेट राखेर यी तीन वटा कम्पनीले टेण्डर भरेको बैंकका एक कर्मचारीले बताए । धेरै दर रेट राखेका ती कम्पनीहरूलाई सेटिङमा ठेक्का दिन खोजेको चालपाएपछि अन्य कम्पनीहरूले आक्रोश पोखेका छन् । कृषि विकास बैंकले आह्वान गरेको मितिभित्र १५ वटा सेक्युरिटी कम्पनीहरूले टेण्डर भरेका छन् ।

    जी फोर्स सेक्युरिटीका सञ्चालक नेपाली सेनाका पूर्व कर्णेल जयन्द्रबहादुर बस्नेत हुन् । कालिञ्चोक सेक्यरिटीका सञ्चालक नेपाली सेनाका पूर्व कर्णेल प्रदीप कुमार कार्की छन् ।

    गरुड सेक्युरिटीका सञ्चालक सवल चन्द शाह रहेका छन् । यी तीन समूहले सेटिङमा धेरै ठाउँमा सुरक्षा गार्डको टेण्डार लिने गरेको आरोप लाग्दै आएको छ । कृषि विकास बैंकले अप्रिल २७ तारिखमा सात प्रदेशका लागि ९ सय ६८ जना सेक्यरिटीको माग गरेको थियो । छ वटा क्षेत्र तोकेर बोलपत्र आह्वान गरिएको छ ।

    कृषि विकास बैंकको सामान्य सेवा विभागका प्रमुख ध्रुवचन्द्र गौतमले मापदण्ड पुगेकामध्येबाट सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार टेण्डर दिइने बताए । उनले सुरक्षा गाडी राख्ने टेण्डरमा कसैको पनि दवाव नरहेको बताए । ‘सार्वजनिक खरिद ऐनअनुसार टेण्डर खोलिनेछ ।

    कुनै पनि सेटिङ भएको छैन’, विभागका प्रमुख गौतमले भने, ‘टेण्डर दिने विषयमा तलमाथि भयो भने उजुरबाजुर गर्ने निकाय छ । छानविन हुन सक्छ । त्यस कारणले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै पनि काम हुँदैन ।’ विभागका प्रमुख गौतमले सुरक्षा गाडी उपलब्ध गराउन टेण्डर भरेका कम्पनीले न्युनतम १३ हजार ४ सय ५० रुपियाँ तलव भत्ता दिनुपर्ने बताए ।

    सामाजिक सुरक्षाका विषयमा प्रतिवद्धता भएमा कमदर भाउ भएकोलाई टेण्डर दिइने बताए । बैंकका प्रवक्ता हीमलाल पौडेलले पनि सुरक्षा गार्डको टेण्डरमा कुनै पनि चलखेल नभएको दाबी गरे ।

    करीव ५० करोडको यो ठेक्का हत्याउन विशेष गरेर जी फोर्स, कालिञ्चोक र गरुड सेक्युरिटी कम्पनीहरू शक्ति केन्द्रको दवाव र आर्थिक चलखेलमा लागेका छन् । यो चलखेलमा सेटिङ गरेवापत करीव दुई करोडसम्म कमिशन आउने भएपछि बैंकका कर्मचारी र सेक्युरिटी कम्पनीबीच मोलतोल भएको स्रोतले दाबी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend