आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सोती घटनाका दोषीहरूलाई कांग्रेसले उन्मुक्ति दिदैन : तरुण उपाध्यक्ष चापागाइँ

सोती घटनाका दोषीहरूलाई कांग्रेसले उन्मुक्ति दिदैन : तरुण उपाध्यक्ष चापागाइँ

  • sobiztrend
  • बिहिवार, आषाढ ४ २०७७

  • 5.0K
    SHARES

  • सोती घटनाका दोषीहरूलाई  कांग्रेसले उन्मुक्ति दिदैन : तरुण उपाध्यक्ष चापागाइँ

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले रुकुम पश्चिमको घटनाका दोषीहरूलाई राजनीतिक रंग नदिएर हदैसम्मको कारबाहीको माग गरेका छन् ।

    बुधबार काठमाडौंको माइतीघर मण्डलामा दलित युवा संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चापागाइँले सोती घटनाका दोषीहरूलाई सत्तारुढ दलका केही नेताहरूले ढाकछोप गर्न खोजेको भन्दै आक्रोश पोखे । उनले नवराज बिक मात्रै नभइ देशभरिका ६० लाख दलितहरूको पक्षमा ३ करोड नेपाली जनता रहेको बताए ।

    कांग्रेसका युवा नेता चापागाइँले माओवादीतर्फ संकट गर्दै शासन सत्ताको मुख्य प्रवाहमा पुगेको दललाई शासन सत्ता गर्ने ठाउँमा पुर्‍याउन योगदान गर्ने जिल्ला र त्यस दलका नेताहरूले नै दलितमाथि अन्याय गर्न खोजेको भन्दै आपत्ति जनाए ।

    ‘जहाँबाट दलितको एउटा उभार लिएर आज संगठन विस्तार गरेर शासन सत्ताको मुख्य प्रवाहमा रहेको, मुख्य शासन गरिरहेको पार्टी, त्यहाँका नेता त्यही ठाउँमा उहाँहरूकै संलग्नतामा यो घटना हुनुमा हामीले गम्भीर रुपमा लिएका छौँ’, तरुण दलका उपाध्यक्ष चापागाइँले भनेका छन् ।

    ‘रुकुम पश्चिमको सोती घटनाका कारण मलाई लाज लागेको छ’, उनले भने, ‘सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरेर हिँडिरहेको अवस्थामा आज हामी सदियौँ पछाडि फर्किएर हाम्रा अधिकार, हाम्रा न्यायका निम्ति बोल्नुपर्दा मलाई लज्जा महशुस भएको छ ।’

    ‘सरकारमा बसेका साथीहरूलाई पनि ठूलो लज्जाबोध होस् भन्ने चाहन्छु । यो घटना त्यति सजिलै कोही एउटा व्यक्तिद्वारा यही नाममा मात्रै भएको घटना होइन जस्तो मलाई लाग्छ’, उनले भने, ‘सरकारसँग म आग्रह गर्न चाहन्छु । कुनै पनि प्रभावमा नपरिकन यस्ताखालका घटनाहरू नहोस् ।’

    ‘जनचेतनाको कुरा उठ्यो । यहाँ जातपातका नाममा मन्त्री भएकाहरूलाई कसले पाठ सिकाउने रु कसले जनचेतना सिकाउने र?’, प्रश्न गर्दै चापागाइँले भने, ‘कसले सबक सिकाउने ? यसको जिम्मेवारी कसको हो ? यसप्रति हामी गम्भीर हुन जरुरी छ ।’

    रुकुम पश्चिमको जस्तै घटना अमेरिकामा पनि भएको भन्दै उनले समाजमा रहेका यस्ता खालका जातीय विभेदहरूलाई अन्त्यका लागि भाषणमा भन्दा पनि व्यवहारबाट अन्त्य गर्नुपर्ने बताए ।

    ‘रुकुम पश्चिमको जस्तो घटना अमेरिकामा पनि भएको छ । अमेरिका जस्तो मुलुकमा एउटा अश्वेतमाथि सांघातिक रुपमा अपराधिक गतिविधि भएको छ । संसारभरि त्यसको विरोध भइरहेको छ’, उनले भने, ‘नेपालको यो घटनाको पनि देशभरि विरोध भइरहेको छ । दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ । सरकारले यो वा त्यो बहाना गरेर उन्मुक्ति दिनु हुँदैन ।’

    ‘सुतेको मान्छेलाई उठाउन सकिन्छ । तर, सुतेको जस्तो बहाना गरेको मानिसलाई उठाउन वा त्यो समाज उठाउन कुनै राजनीतिक संगठन, कुनै मानवअधिकारवादी वा कुनै पनि संगठनले सक्दो रहेनछ भन्ने कुरा अमेरिका र नेपालको रुकुम पश्चिमको घटनाबाट प्रष्ट हुन जरुरी छ’, कांग्रेसका युवा नेता चापागाइँले भनेका छन् ।

    ‘चेतना कसले जगाइदिने ? चेतना कसलाई सिकाउने ? कसले सिकाउने ? यो कुरा गम्भीर रुपमा उठाउनुपन जरुरी छ’, उनको प्रश्न छ ।

    ‘तपाई दलित साथीहरू ६० हजार मात्रै छौँ भनेर नभन्नु होला । हामी तीन करोड जनता तपाईहरूको पक्षमा छौँ’, कांग्रेस नेता चापागाइँले भने, ‘यस्ता विभेदको घटनाहरूको सदाका निम्ति अन्त्य गर्नका लागि हामी तल्लिन भएर लाग्ने छौँ ।’


    कार्यक्रममा तरुण उपाध्यक्ष चापागाइँले कोरोनाका नाममा कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेको बताए । उनले कोरोनाबाट जनताको ज्यान बचाउने बहानामा सरकारमा बसेकाहरू कमाउ धन्दामा लागेको बताए ।

    ‘कोरोनाका महामारीबाट भारतसहित विदेशमा नेपाली स्वदेश आउनुपर्ने अवस्थामा छन्’, उनले भने, ‘ठूला कुरा गर्ने । मिडियामा छाइरहनुहुने पर्यटनमन्त्रीका रुपमा हुनुहुन्छ । स्वास्थ्य मन्त्रीका रुपमा हुनुहुन्छ । स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको छ ।’

    ‘कोरोनामा ठूलो खेलवाड भएको छ । विदेशबाट रेमिटेन्स पठाएर नेपालमा पैसाको अभाव हुन नदिएका मानिसहरूलाई आज शोषण गरेर हवाइ भाडाका नाममा चार गुणसम्म हवाइ भाडा लिएर ल्याउनका निम्ति चलखेल भएको छ’, कांग्रेसका युवा नेता चापागाइँले भने, ‘हामीले ल्यायौँ भन्नुभएको छ । ल्याउन पनि सक्नुभएको अवस्था छैन । धेरै भाडा तिर्नुपरेको छ । सरकारलाई यस विषयमा गम्भीर भएर करेक्सन हुन आह्वान गर्दछु ।’

    चापागाइँले भारतसँग कुटनैतिक वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

    ‘सिमानाको कुरा उठेको छ । सरकारले भारतसँग कुटनैतिक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनेभन्दा पनि विभिन्न समिति बनाएर अल्मलाउने कार्य गरेको महशुस गरेका छौँ’, उनले भने, ‘हाम्रो ऐक्यवद्धतालाई कमजोर नठानियोस् ।’

    कांग्रेसले राष्ट्रियताको सवालमा सरकारलाई सम्पूर्ण सहयोग गरेको भन्दै चापागाइँले कुटनैतिक वार्तामा जोड दिन आग्रह गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १५ २०७८०७:५८:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend