काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाईंले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाईंले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।
‘१४औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु,’ चापागाईंले भने, ‘पार्टीका साथी र शुभेच्छुकहरुबाट सहयोगको आशा लिएको छु ।’
भोजपुर जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेका चापागाईंलाई महासमिति सदस्य सर्वसम्मत बनाइएको हो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिने युवा नेता चापागाईंले नेविसंघबाट राजनीतिक यात्रा सुरू गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।