भक्तपुर – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको भन्दै विघटन भएको सदन ब्यूतिनुपर्छ भनेर पास गरेको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुरले सोमवार भक्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाईंले भने, ‘यहाँ कसले बाटोमा, चौबाटोमा के–के भाषण लगाउँछन् त्यसप्रति कांग्रेस र लोकतन्त्रवादीका लागि कुनै सरोकार नभएको कुरामा तपाईंहरू द्विविधामा नरहन आग्रह गर्छु ।’
जनताले नेकपालाई दुईतिहाइ बहुमत दिँदै गर्दा नेपाली जनताले कम्युनिस्ट सांसदले अपहरण गर्दै हिँड्छ भनेर कहिल्यै नसोचेको उनले बताएका छन् ।
नेकपाका निवर्तमान सांसद महेश बस्नेत तत्कालीन समाजवादी पार्टीका सांसद अपहरणमा गरेको भन्दै विरोध भएको थियो । बस्नेतकै गृहजिल्ला भक्तपुरमा नेता चापागाईंले उनीमाथि प्रहार गरेका छन् । चापागाईंले बस्नेतको नाम नलिएर अपहरण काण्डमा लाग्ने प्रवृत्ति त्याग्न सचेत गराएका छन् ।
‘जनताको मतको अपमान गर्दै सांसद भएको व्यक्ति मान्छे अपहरण गर्दै जान्छ । खुलेआम चोक र चौतारामा धम्काउँदै भाषण गर्छ,’ चेतावनी शैलीमा चापागाईंले भने, ‘केपी ओली प्रवृत्तिका पथलाई तुरुन्त बन्द गर्न आग्रह गर्दछु ।’
बयलगाडा चढेर आमेरिका जान खोज्नेलाई दुईतिहाइको मत दिँदा लोकतान्त्रिक व्यवस्था दुर्घटनामा परेको उपाध्यक्ष चापागाईंले बताएका छन् । उनले सरकारलाई भ्रष्ट र बलात्कारी भन्दै जनतालाई सजग बनाउनुपर्ने बताएका छन् ।
जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका युवा नेता चापागाईंले कम्युनिस्टहरूसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।