काठमाडौं– सिमा विवाद बारे भारत र चीनबीच आज वार्ता हुने भएको छ। लद्दाखमा भइरहेको सिमा विवादबारे आज वार्ता हुँदै छ।
दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो।
बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हो। पहिलो चरणको बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल–मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ।
भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन्।
एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेको वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।