उदयपुर – कोरोना भाइरस संक्रमण रोकथामका लागि बनेको क्वारेन्टाइनमा बसेको १ हप्तापछि उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीवार मध्यराति आत्महत्या गरेका छन् ।
श्रीमतीसहित जनता क्याम्पस रौतामाई गाउँपालिका–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका छन् ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रेम विवाह गरी काठमाडौं पुगेका विक बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको बताए । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राति श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
आत्महत्या गर्नुको कारणले खुलिनसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।
क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने दुवै श्रीमानश्रीमतीबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले बताए । क्याम्पसको क्वारेन्टाइनमा गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।