सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शंकर पोखरेलको प्रदेश टुक्र्याउन कम्युनिस्ट मन्त्रीले फाले यस्तो कार्ड !

शंकर पोखरेलको प्रदेश टुक्र्याउन कम्युनिस्ट मन्त्रीले फाले यस्तो कार्ड !

  • बिहिवार, माघ २३ २०७६

  • 3.1K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको प्रदेश ५ लाई टुक्र्याउन चलखेल सुरू भएको छ । प्रदेशका बाँके र बर्दिया जिल्लालाई टुक्र्याएर कर्णाली प्रदेशमा लैजाने विषयमा कम्युनिस्ट मन्त्रीले नै कार्ड फालेका छन् । कर्णाली प्रदेशका कम्युनिस्ट मन्त्री प्रकाश ज्वालाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन आग्रह गरेका छन् । प्रदेश ५ कै बाँकेको कोहलपुरमा आएर बिहीबार उनले नेकपाका कार्यकर्तासँग भेटघाट गरे । कार्यक्रममा उनले भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अंगका रुपमा बाँके बर्दिया समाहित हुनसक्ने बताएका छन् । बर्दियाको राजापुर र बाँकेको नेपालगञ्ज नाका विना कर्णाली प्रदेश अपूरो भएको समेत उनले बताएका छन् । प्रदेश ५ को राजधानीको विवाद बहसमा आइरहेका बेला बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने बहस समेत चलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २३ २०७६०३:३५:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend