सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अध्यक्ष कुट्ने मनाङ्गे पक्राउ

अध्यक्ष कुट्ने मनाङ्गे पक्राउ

  • बिहिवार, माघ ९ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं– कास्की जिल्ला फुटबल संघका अध्यक्ष कुट्ने गण्डकी प्रदेशका प्रदेश सांसद राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिए लगत्तै प्रहरीले बिहीबार दिउँसो पोखराको लेकसाइडस्थित होटलबाट पक्राउ गरेको हो। मनाङेले आफूमाथि हातपात गरेको भन्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले बिहीबार सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति मागेको थियो। मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ ९ २०७६११:०६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend