पाल्पा — पाल्पामा चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामै २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुदन भट्टराईका अनुसार जिल्लामा डेङ्गु परीक्षणको दायरा बढेसँगै सङ्क्रमण पहिचान हुने क्रम पनि बढेको छ। पाल्पामा आर्थिक वर्ष २०८२/८३ मा ४३२, २०८१/८२ मा ५१० र २०८०/८१ मा ६८६ जनामा डेङ्गु पुष्टि भएको थियो।
वर्षायाममा पानी जम्ने स्थान बढ्दा डेङ्गु फैलाउने एडिज जातको लामखुट्टेको प्रजनन बढ्ने भएकाले सङ्क्रमणको जोखिम उच्च हुने स्वास्थ्यकर्मी बताउँछन्।
स्वास्थ्य कार्यालयले डेङ्गु नियन्त्रणका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। घरवरिपरि पानी जम्न नदिने, टायर, गमला, डब्बालगायत पानी जम्ने भाँडाकुँडा सफा गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।