आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु

  • मिडिया डबली
  • बुधवार, भाद्र १३ २०८०

  • 2.1K
    SHARES

  • पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं - पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा गुडिरहेको स्कार्पियो जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ ।

    गुल्मीको तम्घासबाट बुटवल जादै गरेको स्कार्पियोमाथि पहिरो खसेको थियो । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।

    लु १ ज ४६०० नम्बरको रूरू रेसुङ्गा यातायात प्रालिको स्कार्पियो उकालोमा गुडिरहेका बेला विहान करीव सवा ८ बजेको समयमा पहिरो खसेको थियो ।

    घाइतेको उपचारको लागि तानसेनस्थित मिशन अस्पताल लगिएको छ । स्कार्पियोका चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई जना पुरूष र एक महिला रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०८३११:३२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend