आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतीय विदेशमन्त्री दिए विमलालाई बधाई

भारतीय विदेशमन्त्री दिए विमलालाई बधाई

  • मिडिया डबली
  • बुधवार, माघ ४ २०७९

  • 2.5K
    SHARES

  • भारतीय विदेशमन्त्री दिए विमलालाई बधाई

    काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याललाई बधाई दिएका छन्। विदेशमन्त्री जयशंकरले मंगलबार राति ट्विट गर्दै नवनियुक्त परराष्ट्रमन्त्री विमलालाई बधाई दिएका हुन्।

    उनले विमलासँग मिलेर काम गर्ने पनि बताएका छन्। उनले भनेका छन्, 'नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा डा. विमला राई पौड्याललाई हार्दिक बधाई छ। आगामी दिनमा तपाईंसँ मिलेर काम गर्नेछु।' राष्ट्रपतिको कोटाबाट नियुक्त भएकी भनिएकी विमला राष्ट्रिय सभा सदस्य हुन्।

    उनले शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन्।

    उनले परराष्ट्र मन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताएकी हुन्।

    उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी थिइन्। उनले नेपालको हीतमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बताइन्।

    पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताएकी छन्। उनले नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुने बताइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १९ २०८०११:१०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend