आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवा निवासलाई संकेत गर्दै गगनले भने- भदौ २४ गते नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ

देउवा निवासलाई संकेत गर्दै गगनले भने- भदौ २४ गते नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०८२

  • 306
    SHARES

  • देउवा निवासलाई संकेत गर्दै गगनले भने- भदौ २४ गते नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ

    काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे छलफल हुनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै काण्डहरूलाई आरोप प्रत्यारोपको विषय नबनाई छानबिन गर्नुपर्ने बताए।

    ‘यसको भारी पार्टीले बोल्न सक्दैन। जसले गरेको छ उसले त्यसको भारी बोल्नुपर्छ। गिरीबन्धु, वाइडबडी, ललिता निवासको पनि छानबिन गर्नुपर्छ।’ उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा निवासलाई संकेत गर्दै भने, ‘यीबाहेक भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ।’

    कानुन संम्वत ढङ्गले अनुसन्धान गरेर गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए। उनले कुनै पूर्वाग्रह नराखी यस्ता काण्डहरूको छानबिन गर्नको लागि कांग्रेसको साथ रहने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend