मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन

ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ १ २०८२

  • 1.7K
    SHARES

  • ट्राफिकका इन्स्पेक्टरले हवल्दारलाई सडकमै हाने चड्कन

    काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमा रहेका एक ट्राफिक प्रहरी सहायक हवल्दारमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका छन्।

    घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा साहले हवल्दारलाई सडकमै चड्कन हानेको स्पष्ट देख्न सकिन्छ।

    घटनास्थल नागढुंगा ट्राफिक प्रहरी प्रभागअन्तर्गतको क्षेत्रमा पर्छ, जहाँ सहायक हवल्दार कार्यरत थिए।

    उनी आफ्नो नियमित कार्य सम्पादनमै थिए भन्ने प्रारम्भिक जानकारी आएको छ। इन्स्पेक्टर साह भने ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन्।

    भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै नेतृत्वद्वारा कर्मचारीमाथि गरिएको अमर्यादित व्यवहारबारे प्रश्न उठेको छ।

    सामाजिक सञ्जालमा आम नागरिकदेखि प्रहरीसम्बद्ध व्यक्तिहरुले समेत साहको व्यवहारको आलोचना गरिरहेका छन्।

    कतिपयले यो घटनालाई प्रहरी संगठनभित्रको अनुशासन र मर्यादाको गम्भीर उल्लंघनको संज्ञा दिएका छन्।

    प्रहरी संगठनले हालसम्म घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर प्रहरी स्रोतका अनुसार उक्त भिडियो सार्वजनिक भएपछि घटनाको प्रारम्भिक छानबिन थालिएको छ।

    सार्वजनिक स्थानमा प्रहरीले आफ्नै सहकर्मीसँग गरेको दुव्र्यवहारले प्रहरी संगठनको छविमा समेत आँच पुग्ने देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १ २०८२०६:२७:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend