आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिल्काइसकेको राजाका बारेमा छलफल गर्ने समय होइन : गगन थापा

मिल्काइसकेको राजाका बारेमा छलफल गर्ने समय होइन : गगन थापा

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २२ २०८१

  • 1.6K
    SHARES

  • मिल्काइसकेको राजाका बारेमा छलफल गर्ने समय होइन : गगन थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रका बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन्।

    शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०-०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरे। उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए।

    उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने? आइटीको इन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए। उनले अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभई अन्य ठाउँमा पनि दुईचार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए। 

    महामन्त्री थापाले भने, ‘फेरि पनि मेरो विश्वास छ अबको ८-१० वर्ष भित्र कीर्तिपुरको डाँडामात्रै होइन। त्यस्ता थुप्रै डाँडामा साथीहरूले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ। अबको ८-१० वर्षभित्र यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन।’

    महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेका वेला पनि आईटी क्षेत्रले आशा देखाएको बताए। आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend