सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डाक्टर कुट्ने युवक पक्राउ

डाक्टर कुट्ने युवक पक्राउ

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण ५ २०८१

  • 699
    SHARES

  • डाक्टर कुट्ने युवक पक्राउ
    फाइल तस्वीर

     धनगढी । सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

    भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

    उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुुरुवा बसेका थिए । उनको बुजाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

    सोमबार बिहान डाक्टरले आईसीयूमा चेकजाँच गरेर फर्किने क्रममा रानाले आक्रमण गरेका हुन् ।

    उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा सामान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ५ २०८१०८:४६:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend