सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण ४ २०८१

  • 585
    SHARES

  • सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

    काठमाण्डौ । खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि विभागले परामर्शदाताबाट आशयपत्र आह्वान गरेको छ ।

    तराई मधेसका क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न पानी आपूर्ति सम्भाव्यता अध्ययनका लागि परामर्शदाताबाट आशयपत्रको आह्वान गरेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययन, स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गरी जलस्रोतको दिगो उपयोग गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्वपूर्ण रहने खानेपानीमन्त्री प्रदीप यादवले बताउनुभयो ।

    यसैगरी जलवायु परिवर्तनका कारण पानीका स्रोतहरूमा गम्भीर असर परेको तथा तराई क्षेत्रमा भू–जलको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरूमा खानेपानीको समस्या उत्पन्न भएकोतर्फ ध्यान दिएर त्यसको समाधान गर्न अध्ययन गर्न लागिएको विभागले जनाएको छ ।

    अध्ययनको प्रमुख उद्देश्यमा पानी अभावको मूल्याङ्कन, बारा र पर्सा जिल्लामा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषणअन्तर्गत आउँदो २५ वर्षका लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दिगो समाधानका लागि सम्भावित जलस्रोतहरूको पहिचान गरिने रहेका विभागका महानिर्देशक इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ४ २०८१११:२१:४३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend