सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण

बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण ४ २०८१

  • 825
    SHARES

  • बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण

    काठमाण्डौ । पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक सन्तोष खनालले दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको बताउनुभयो । उहाँका अनुसार बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण हुन्छ ।

    पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा पोखरा महानगरले ब्यानर उडाउन बेलुनमा हाइड्रोजन ग्यास भरेको थियो । आयोजकको आग्रहअनुसार अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यले बेलुन उडाउन लाग्दा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू ‘फायर क्यान्डिल’बाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

    रसायनशास्त्रका विज्ञहरुका अनुसार हाइड्रोजन ग्यास ब्रम्हाण्डमा पाइने सबैभन्दा हलुका र प्रज्वलनशील ग्यास हो । यो ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्ने गर्छ । बेलुनमा भरेर उडाउनै पर्ने हिलियम ग्यासको प्रयोग गर्नुपर्छ ।

    हिलियम ग्यास हाइड्रोजन जस्तो अति प्रज्वलनशील नहुने विज्ञहरुको भनाइ छ । तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास धेरै महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् । आउँदा दिनमा यस्तो ग्यास भरिएको बेलुन प्रयोग गर्दा सचेत हुनुपर्ने उपप्रध्यापक खनालले बताउनुभयो । आगोको सामान्य फिलिङ्गोसँग पनि हाइड्रोजनले प्रतिक्रिया जनाउने भएकाले यसलाई प्रयोग गर्दा उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।

    उपप्राध्यापक खनालका अनुसार हाइड्रोजन ग्यासका विषयमा विद्यालय तहदेखि नै पढाइ हुन्छ । विद्यार्थीले विद्यालयकै प्रयोगशालामा हाइड्रोजन ग्यास कति प्रज्वलनशील छ भनेर प्रयोग गरेर हेर्ने र शिक्षकले सबैभन्दा प्रज्वलनशील ग्यास भएकाले यसको प्रयोगमा सचेत हुन सिकाउने गर्छन् । तर बालबालिकाको खेलौना बेलुन र कार्यक्रमको उद्घाटन कार्यक्रममा उडाउने बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग गर्ने गरिएको छ । यस्ता दुर्घटना फेरि पनि हुन सक्ने भएकाले बेलुनमा हाइड्रोजन ग्यास भर्न नदिन विज्ञले सुझाव दिएका छन् ।

    गृहमन्त्री रमेश लेखकले यस विषयमा सरकार गम्भीर भएको बताउनुभएको छ । बेलुन पड्किएर आगो लाग्दा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई कीर्तिपुर अस्पतालमा भेटेपछि उहाँले यस्ता घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउन सबैलाई निर्देशित गर्नुपर्ने देखिएको बताउनुभयो । गृहमन्त्री लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने पनि बताउनुभएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ४ २०८११०:५३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend