सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सेतीदोभान पुलबाट बस खस्यो

सेतीदोभान पुलबाट बस खस्यो

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ २७ २०८१

  • 507
    SHARES

  • सेतीदोभान पुलबाट बस खस्यो
    फाइल तस्बिर

    काठमाडौं । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

    लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए ।

    उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २७ २०८१०८:३०:५०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend