सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नुवाकोटमा बस र्दुघटना, एक जनाको ज्यान गयो

नुवाकोटमा बस र्दुघटना, एक जनाको ज्यान गयो

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ २३ २०८१

  • 840
    SHARES

  • नुवाकोटमा बस र्दुघटना, एक जनाको ज्यान गयो
    फाइल तस्बिर

    काठमाडौं । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

    गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगे बाटो अवरोध गरिरहेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।

    मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो ।

    लगभग १६/१७ जना दुर्घटनाबाट घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको ती प्रहरी अधिकारीले बताए ।

    लगभग २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २३ २०८१०३:४५:१७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend