मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ २३ २०८१

  • 594
    SHARES

  • गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ
    फाइल तस्बिर

    झापा । झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

    भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

    उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार उनीहरु चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि गोली चलाउनु परेको हो । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २३ २०८११०:४०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend