मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

विश्व क्यान्सर दिवस आज

विश्व क्यान्सर दिवस आज

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २२ २०८१

  • 678
    SHARES

  • विश्व क्यान्सर दिवस आज

    काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमण छन्। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सक बताउँछन्। 

    सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए। ‘क्यान्सरका चार चरण हुन्छछन्। शून्यदेखि तेस्रो चरणसम्मको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिन्छ’, उनले भने, ‘चौथो चरणकोलाई पनि नियन्त्रण गर्न सकिन्छ। क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उहाँको भनाइ छ। 

    क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बताए। उनका अनुसार सरकारी अस्पतालमा ४० देखि  ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुन्छ। त्यही उपचार निजी अस्पतालमा गर्दा पाँच लाख रुपैयाँसम्म लाग्ने उनले बताए। 

    सन् २०२० को तथ्याङ्क अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सर मुख्य छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २२ २०८१०८:२९:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend