काठमाडौं । सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा एव अस्थायी प्रहरी पोष्ट परवानिपुर समेतको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।
काँसघारीमा रातो रंगको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधी राखेको अबस्थामा २२(बाईस) वटा पोकाहरू फेला परेको पाठकले जानकारी दिए।
उक्त गाँजा कसले राखेको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको पाठकले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।