लमजुङ । दुई वर्षमै काम सक्ने गरी थालिएको लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएको छैन । बजेट अभावले पुन: निर्माणको काममा ढिलासुस्ती भएको पुरातत्व विभागले जनाएको छ ।
विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको दरबार तीन वर्षअघि पुनर्निर्माणको थालनी गरेको थियो । विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो ।
दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरू गरिएकोमा गएको वर्ष सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको दरबार १६औँ शताब्दीमा बनेको मानिन्छ । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।