दाङ । दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताउनुभयो । उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।