मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

युवा कानुन व्यवसायी सम्मेलन काठमाडौंमा शुरु

युवा कानुन व्यवसायी सम्मेलन काठमाडौंमा शुरु

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ १६ २०८१

  • 651
    SHARES

  • युवा कानुन व्यवसायी सम्मेलन काठमाडौंमा शुरु

    काठमाडौं ।  युवा कानुन व्यवसायी सम्मेलन आज काठमाडौंमा शुरु हुँदैछ। बिहान साढे ९ बजे राष्ट्रिय सभागृहमा शुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। 

    नेपाल बार एसोसियसनले पहिलोपटक आयोजना गरेको सम्मेलनमा देशभरका ७०० भन्दा बढी युवा कानून व्यवसायी सहभागी हुनेछन्। सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समूहका कानून व्यवसायीलाई निःशुल्क सहभागी गराइएको छ भने ४० वर्षभन्दा बढी उमेर समूहका कानून व्यवसायीलाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

    विधिको शासन, कानुनद्वारा नियमन एवं कल्याणकारी बनाउनका लागि आवश्यक नीति बनाउन र सरोकारवालालाई राष्ट्रको दिगो विकासमा कानून परिपालनाको महत्त्वबारे अवगत गराउन युवा कानून व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै सम्मेलन आयोजना गरिएको बार एसोसियसनले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ १६ २०८११०:१५:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend