मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

दुई किशोरीको मृत्यु भएको घटनामा दुई किशोर पक्राउ

दुई किशोरीको मृत्यु भएको घटनामा दुई किशोर पक्राउ

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ १४ २०८१

  • 1.1K
    SHARES

  • दुई किशोरीको मृत्यु भएको घटनामा दुई किशोर पक्राउ
    फाइल तस्बिर

    धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्ष क(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । २० वर्षमुनिका उनीहरूको परिचय भने खुलाइएको छैन् ।

    शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए ।

    टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ ।

    प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शवभन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको छ ।ढुंगा खसेर चोट लागेको जस्तो देखिए पनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने प्रहरीले अनुमान गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend