मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर

प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ १३ २०८१

  • 1.9K
    SHARES

  • प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर

    काठमाण्डौ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।

    प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । यस्तै एक जना प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच हिजो झडप भएको हो ।

    स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए । तर स्थानीय प्रशासनले हिजै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीयबासिन्दामाथि बल प्रयोग गरेको हो । स्थानीयबासिन्दाले ढुङ्गा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

    प्रहरीले आन्दोलनकारीबाट तीन वटा खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै राससले जानएको छ । हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन गएको मङ्गलवारदेखि जमिन सम्याउने काम शुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका स्थानीय नेताले विरोध गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १३ २०८११२:१४:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend