आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइतबार हुदै मोदीको शपथ ग्रहण, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

आइतबार हुदै मोदीको शपथ ग्रहण, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

  • मिडिया डबली
  • बिहिवार, जेठ २४ २०८१

  • 4.1K
    SHARES

  • आइतबार  हुदै मोदीको शपथ ग्रहण, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

    काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा नेपालका प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन्।

    आइतबार हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै बंगलादेशका राष्ट्रपति शेख हसिना, प्रधानमन्त्री प्रचण्ड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने बताइएको छ ।

    मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए । त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।

    मोदीले श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका छन् । उनले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।

    भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्। मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति नै गरिसकेका छन्।

    उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमै थिए। भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्।

    लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो। मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ। भाजपा, जनता दल (युनाइटेड) र टिडिपीको समर्थनले मात्र मोदीलाई प्रधानमन्त्री बन्न बहुमत पुग्दैन। एनडिए भित्रकै थप दलको साथ पनि मोदीले लिन खोजेका छन्।

    यसअघि शनिबार नै उनले प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए। तर अहिले उक्त कार्यक्रम सारिएको छ।

    प्रधानमन्त्रीमा दाबी गरेर मोदीले आइतबार नै शपथ लिन खोजेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का नेता मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend