काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जालझेल गरेर संसद अन्त्य गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन तयार नहुने देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी आफूहरू तयार भएको प्रष्ट पारेका छन्। उनेल सहकारी बचत ठगी प्रकरणमा संलग्न मानिसहरूमाथि संसदीय छानबिन समितिले एक-एक हिसाबकिताब माग्ने बताएका छन्।
बिहीबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक भिडिओ सार्वजनिक गर्दै सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन् भनेर आफूहरूले उठाएको विषयमा छानबिन हुने निश्चित भएको बताएका हुन्।
उनले भनेका छन्, ‘उहाँले संसदमा उभिएर अन्तर्राष्ट्रिय समिति बनाए पनि हुन्छ भन्नुभयो । तर, नाम नै तोकेर छानबिन समिति बनाउन मान्दै मान्नुभएन । उहाँले नमानेपछि हामीले सरकारले केही समय सदन पेलेरै जाने त्यसपछि संसद अन्त्य गर्ने अनि समिति नबनाउने देखियो, त्यसपछि हामीले साथीहरूसँग छलफल गर्यौँ । गोरखा मिडियामा रकम अपचलन गरेको तथ्य देखिएकै छ । त्यो कुरा स्पष्ट गरेपछि हामी तयार भएको हौँ । जालझेलको प्रयास भएपछि हामीले गोर्खा मिडियाको नाम र सहकारीको नाम राखेर हामी तयार भएका हौँ। रकम गएकै छ गैरकानूनी भइहाल्यो । त्यो काममा कोही न कोही त संलग्न भइहाल्नुहुन्छ ।’
उनेल गोरखा मिडियाको अनुसन्धान गरेपछि रवि लामिछाने र जीवी राईको संलग्नता प्रष्ट हुने जानकारी दिएका छन्। उनले थपे, समितिलाई निर्बाध रूपमा काम गर्न दिएर ठगी गर्नेमाथि कारबाही र बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता हुनुपर्ने बताएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।