काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । विहिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
प्रधानमन्त्री र नेता खनालबीच करिब एक घण्टाको छलफल पछिल्लो समसामयिक राजनीतिमा केन्द्रित भएको थियो । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड र खनालको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।